उपमहानगरपालिका घोषणा गर्ने प्रस्ताव



कर्णाली प्रदेशमा ५४ गाउँपालिका र २५ नगरपालिकासहित ७९ स्थानीय तह छन् । मुलुकका सात प्रदेशमा उपमहानगरपालिका भइरहँदा कर्णाली प्रदेश भने हालसम्म गाउँ तथा नगरपालिकामै सीमित छ । कर्णाली प्रदेशको राजधानी शहर वीरेन्द्रनगर पनि नगरपालिकामै सीमित छ । बढ्दो शहरीकरण तथा जनसङ्ख्या, पूर्वाधार विकास तथा सङ्घीय मर्मलाई बोध गर्दै आगामी आवबाट वीरेन्द्रनगर नगरपालिकालाई उपमहानगरपालिकाको रूपमा घोषणा गर्न प्रक्रिया अघि बढाइएको छ ।

यसका लागि उक्त नगरपालिकाको नवौँ नगरसभाले वीरेन्द्रनगरलाई उपमहानगरपालिका घोषणा गर्न कर्णाली प्रदेश सरकार तथा नेपाल सरकारसमक्ष अनुरोध गर्ने प्रस्ताव अगाडि सारेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार १२ गते शनिबार