रेखा थापाको प्रश्न : राप्रपा रिटायर्डहरुको सरोकार समूहमात्रै हो र ?



काठमाडौं । राप्रपाको केन्द्रीय विशेष समिति गठनप्रति नायिक तथा राप्रपा केन्द्रीय सदस्य रेखा थापाले असन्तुष्टि जनाएकी छन् । उनले महिला प्रतिनिधित्व लगभग शुन्य रहेको र युवा सहभागिता समेत नरहेको विशेष समिति गठनप्रति व्यंग गर्दै कुन चाहिँ राप्रपा हामी सबैको हो रु भन्दै प्रश्न उठाएकी छन् ।

थापाले शुक्रवार गठित समितिप्रति असहमति जनाउँदै शनिवार सामाजिक सन्जालबाट आफ्नो असन्तुष्टि सार्वजनिक गरेकी हुन् । उनले राप्रपालाई रिटायर्डहरुको सरोकार समूहमात्र हो रु भन्दै प्रश्न गरेकी छन् ।

थापाले भनेकी छन् स् कुन चाँही राप्रपा बैकल्पिक शक्ती बन्ने हो रु कुन चाँही राप्रपा मौलिक रुपमा सबैको पार्टी हो रु कुन चाँही राप्रपा उदाउँदो राप्रपा हो रु कुन चाँही राप्रपा नाम मात्रको पार्टी हो रु कुन चाँही राप्रपा व्यबहारमा बयस्क र रिटायर्डहरुको सरोकार समुह मात्र हो रु कुन राप्रपा हामी सबैको राप्रपा हो रु

रेखाले महिलालाई बहिष्करण गरेको, मजदुर किसान र युवासँग डराएको तथा विरासतको रुपमा राजनीतिलाई कोठामा सीमित गरेको बताएकी छन् । उनले जनप्रि मान्छे लत्याउने र आर्थिक हैसियतमा निर्णय गरेको आरोप समेत लगाएकी छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार ६ गते आइतबार