यौन काण्डबारे कार्डासियन भन्छिन्ः जीवनकै ठूलो भूल थियो, त्यो अस्तित्वमै नहोस् भन्ने चाहन्छु



एजेन्सी ।

चर्चित अमेरिकी मोडल, व्यापारी तथा टेलिभिजन स्टार किम कार्डासियनलाई सँधैभर पश्चाताप लागिरहने विषय हो उनको यौन काण्ड।

सन् २००७ मा सार्वजनिक भएको यौन काण्ड उनकै पूर्व प्रेमी अमेरिकी गायक रे जेले सार्वजनिक गरेका थिए। सन् २००२ मा प्रेम सम्बन्धमा हुँदा रे जेले कार्डासियनसँगको अन्तरअंग भिडिओ खिचेका थिए।

खासमा कार्डासियन त्यसबेला डामोन थोमसकी श्रीमती थिइन्। तर सन् २००२ मा श्रीमान हुँदाहुँदै उनी रे जेसँगको प्रेममा थिइन्।

सन् २००३ सम्ममा कार्डासियनले डामोनसँग सम्बन्धविच्छेद गरिसकेकी थिइन्। सन् २००३ देखि २००६ सम्म कार्डासियन र रेबीचको प्रेम सम्बन्ध थियो।

तर सम्बन्धविच्छेदको एक वर्षपछि रे जेले आफ्नो र कार्डासियनबीचको यौन सम्पर्क गरिरहेको भिडिओ सार्वजनिक गरेपछि किम चर्चामा आइन्।

उनी त्यस अगाडि अमेरिकी गायक, व्यापारी, तथा मोडल पेरिस हिल्टनको सहयोगी मात्र थिइन्। सेक्स काण्ड लगत्तै आफ्नै टेलिभिजन कार्यक्रम ‘किपिङ अप विथ द कार्डासियन’ सुरुवात गरेकी उनी रातारात चर्चित बनिन्।

तर जति चर्चा कमाए पनि सो यौन काण्डको घटनाले उनलाई सँधै झकझकाउने गरेको छ। हालै एक अमेरिकी टिभी कार्यक्रममा प्रस्तोता एन्डी कोहेनसँग कार्डासियनले आफूले उक्त यौन काण्ड अस्तित्वमै नहोस् भन्ने चाहेको बताएकी छिन्।

उनले आफ्नो यौन काण्डबारे भविष्यमा चार छोराछोरीलाई प्रस्ट पार्नैपर्ने बाध्यता भएको गुनासो गर्छिन्। तर सो घटनापछि आफूले जीवनमा ठूलो पाठ सिकेको उनको भनाइ छ।

उनी भन्छिन्,‘जीवनमा धेरै राम्रा कुराहरु भइसके जसले त्यो नराम्रो घटनालाई मेटाएको छ। तर म चाहन्छु कि त्यो घटना मेटियोस र अस्तित्वमै नरहोस्।’

उनले रे जेसँगको सम्बन्ध जिन्तगीकै ठूलो भूल भएको पनि बताएकी छन्।

Kim Kardashian criticised over video of Chicago playing with a snakeKim Kardashian criticised over video of Chicago playing with a snake

तर रे जेले सन् २०१७ मा किम र आफ्नोबारे बताउँदै भनेका थिए,‘म खेलाडी थिए, किम पनि खेलाडी थिइन्। म उसलाई असाध्यै मन पराउँथे तर उनलाई ढाटिरहेको थिए उनले पनि त्यही गरिरहेकी थिइन्।’

अहिले रे जेको उमेर ४० वर्ष भएको छ भने कार्डासियन पनि ४० वर्षकी भएकी छिन्। कार्डासियन यसैवर्ष फोर्ब्सको अर्बपतिको सूचीमा अटाएकी छिन् भने उनी र कान्य वेस्टबीच हालै सम्बन्धविच्छेद भएको छ।

कान्य वेस्ट चर्चित अमेरिकी र्‍यापर हुन्। उनीहरुबाट ४ सन्तान जन्मिएका छन्। याहु डटकम र एजेन्सीकाे सहयाेगमा

  • No tags available
प्रकाशित मिति : २०७८ असार ६ गते आइतबार