दाङ – कुलो निर्माणको क्रममा विवाद हुँदा दाङको तुलसीपुरमा गोली चलेको छ ।
तुलसीपुर उपमहानगरपालिका-८ मा रहेको गतेखोला–बुटनियामा कुलो निर्माणको क्रममा गोली चलेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

कुलो निर्माणको क्रममा जग्गाकाे विषयमा विवाद हुँदा एक स्थानीयले भारतीय पेस्तोलबाट गोली चलाएका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
गोली चलाउनेलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।उज्यालो
प्रकाशित मिति : २०७८ जेठ २८ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्