नेपालमा थप ६०८५ जनामा कोरोना संक्रमण पुष्टि,६८९८ जना सङ्क्रमण मुक्त



नेपालमा पछिल्लो २४ घन्टामा ६ हजार ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०१६५ जनाको कोरोना परीक्षण गर्दा ६०८५ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा संक्रिय संक्रमितको संख्या १ लाख ४ हजार ७८९ पुगेको छ। आज ६ हजार ८९८ जना सङ्क्रमण मुक्त भएका छन्। सङ्क्रमण मुक्त हुनेको कुल संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ। त्यसैगरी पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट ६८ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ४५४ पुगेको छ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १८ गते मंगलबार