महोतरी – महोत्तरीकाे रामगोपालपुर नगरपालिकामा एक इँटा भट्टामा इँटा बनाउन खनेको खाल्डाेमा जमेकाे पानीमा डुबेर एकै घरका दुई बालकको ज्यान गएकाे छ । ज्यान गुमाउनेमा रामगोपालपुर ९ का १० वर्षीय आशिक कुमार मण्डल र ९ वर्षीय प्रेम कुमार मण्डल रहेका छन् ।
शनिवार (हिजो) घरबाट शाैचालय जाने बेलामा एमपीएस इँटा भट्टामा इँटा बनाउन खनेको खाल्डाेमा जमेकाे पानीमा उनीहरू दुई जना खसेकाे र बेहाेस भएकाे प्रहरीले जनाएकाे छ ।उनीहरूलाई थप उपचारका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश विष्टले बताउनुभयाे ।साभार उज्यालो
प्रकाशित मिति : २०७८ जेठ १६ गते आइतबार










प्रतिक्रिया दिनुहोस्