भेरी अस्पतालका चिकित्सक तथा नर्समाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका नेकपा एमालेका नेता मान बहादुर रावतले हिरासतबाटै स्वास्थ्यकर्मीहरुलाई धम्की दिएका छन् ।
बाँके प्रहरी हिरासतमा रहेका उनले सामाजिक सञ्जाल फेसबुकमार्फत स्वास्थ्यक
र्मीहरुलाई बदला लिने धम्की दिएका हन् । उनले फेसबुकमा लेखेका छन्, ‘अलबिदा ठुल्दाइ, भावपूर्ण श्रद्धाञ्जली ।
आदरणीय ठुल्दाइ डिल्ली राज रावतको बिहीबार साँझ ७ः५९ बजे तपाई बोल्दा बोल्दै, हामीले भेन्टिलेटरमा नराख्न भन्दा भन्दै जबरर्जस्ती ढंगले भेन्टिलेटरमा राखी सदा सदाका लागि हामीबाट अलग गराएका छन्, ती अपराधीहरुलाई बदला दिने तर्फ लाग्नेछौं र आफ्नो आफन्त गुमाएको पीडा कस्तो हुन्छ याद दिलाउनेछौं, सधैं भरी तपाइको मायाको कमि हुने भो, अर्को जुनि जुनि म तपाईको भाइ भएर जन्म लिन पाउ, अल बिदा ठुल्दाई भावपूर्ण श्रद्धाञ्जली ।’
बाँके जिल्लाभरीका स्वास्थ्यकर्मीहरु कारबाहीको माग गर्दै आन्दोलित भइरहेको बेला नेता रावतले हिरासतबाट स्वास्थ्यकर्मीहरुलाई अपराधीको संज्ञा दिदैं बदला दिने चेतावनी दिएका हुन् ।
अस्पतालमा उपचार गराइरहेका दाईको मृत्यु भएपछि मानबहादुर रावतलगायतको समूहले अस्पतालमा तोडफोड गरी चिकित्सक तथा नर्सहरूमाथि आक्रमण गरेका थिए ।
नर्सहरूका अनुसार उनीहरूले नर्सका घाँटी थिचेका थिए । र बच्नका लागि केही स्वास्थ्यकर्मीहरूले एकतला माथिबाट हाम्फालेका थिए ।
को हुन् स्वास्थ्यकर्मीलाई अपराधी भन्ने रावत ?
मानबहादुर रावत एमालेका कार्यकर्ता हुन् ।
उनी अहिले दाङ निर्वाचन क्षेत्र नं ३ का इन्चार्ज तथा लुम्बिनी प्रदेश कमिटीका सदस्य पनि छन् ।
उनी ओली निकट मानिन्छन् र गृह जिल्ला दाङकै प्रदेश मुख्यमन्त्री शंकर पोखरेलका विश्वासिला पात्र मानिन्छन् ।
रावत यसअघि सरकारी कर्मचारी पनि थिए । छ महिनाअघिमात्रै उनले सरकारी जागिर छोडेका थिए ।










प्रतिक्रिया दिनुहोस्