कोहलपुर : अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन बाँकेको सपथ ग्रहण सम्पन्न भएको छ ।
शनिबार एक कार्यक्रमका बीच नेकपा एमाले निकट भातृ संगठन अनेरास्ववियूका जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण सम्पन्न भएको हो ।
१ सय ५१ सदस्यीय कमिटीको जिल्ला संयोजक दिनेश केसी र सह संयोजक विकल भटट्राई छन् ।
यसअघि टेकेन्द्र मल्ललाई अनेरास्ववियूको बाँके संयोजकको जिम्मेवारी दिइएको थियो । अनेरास्ववियूूको जिल्ला कमिटीलाई चैत्र २ गते पूर्णता दिइएको थियो ।
प्रकाशित मिति : २०७७ चैत ७ गते शनिबार









प्रतिक्रिया दिनुहोस्