गोर्खा यूनाईटेड स्कुल १०० मिटर दौडमा प्रथम



कोहलपुर ।

कोहलपुर नगरपालिका भित्रका संस्थागत विद्यालयका संगठनको १२ औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको १०० मिटर दौडमा दुवै तहमा गोर्खा यूनाईटेड स्कुल प्रथम भएको छ ।

प्राथमिक र माध्यमिक तहको छात्रा दौड प्रतियोगितामा दुवै तहमा प्रथम भएको हो ।

जसमा गोर्ख यूनाइटेड पब्लिक स्कुलबाट अस्मिता ढकाल प्रथम, सैनिक स्टारबाट यमुना सुनार द्धितीय र प्रयत्न ई.मी स्कुलाट सम्झना बुढा तृतीय भएका छन् ।

यस्तै प्राथमिक तहको छात्रातर्फ १०० मिटर दौडमा गोर्ख यूनाइटेड पब्लिक स्कुलबाट अञ्जली शाही प्रथम, प्रयत्न ई.मी स्कुलबाट प्रिति चौधरी द्धितीय र जनज्योति पब्लिक स्कुलबाट प्रकृति बस्नेत तृतीय भएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन २५ गते मंगलबार