सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढ्यो



काठमाण्डाै – हप्ताको पहिलो दिन आज सुनको भाउ बढेको छ ।

सुनको भाउ आज ५ सय रुपैयाँ बढेर तोलामा ८६ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज पनि अस्तिजस्तै तोलामा १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन २३ गते आइतबार