सुनकाे मूल्य ताेलामै १ हजारले घट्याे



काठमाडाैं । बिहिबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ ।

बुधबार ५ सयले बढेर ८७ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको मूल्य बिहिबार १ हजारले घटेर प्रतितोला ८६ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसाही महासंघले जानकारी दिएको छ ।

आज तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार रहेको छ । त्यस्तै बिहिबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बुधबार १३१५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहिबार प्रतितोला ३० रुपैयाँ घटेर १२८५ रुपैयाँ कारोबार मूल्य तोकएिको महासंघले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन २० गते बिहीबार