पुर्व पश्चिम राजमार्ग अन्तरर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका, ८ शम्शेरगञ्ज नजिकै स्थानीयहरुले फेरी राजमार्ग अवरुद्ध गरेका छन् ।
सोमबार साँझ ढकेरीमा टिप्परले ठक्कर दिदा बालापुर गाउँका एक युवाको मृत्यु भएपछि स्थानीयहरुले राजमार्ग अवरुद्ध पारेका हुन् ।
आज बिहानैबाट स्थानीयहरुले दोषिलाई कडा भन्दा कडा कारबाही, पीडितलाई क्षतीपूर्ती लगायतका माग राखेर प्रदर्शन गरेका थिए ।
दिउँसो केहीबेर सहमतीका लागि स्थानीयहरुले बन्द फिर्ता लिएपनि माग पूरा नभएको भन्दै फेरी साँझ साढे ५ बजेबाट स्थानीयहरुले सडक अवरुद्ध पारेका हुन् ।
अहिले उक्त क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
प्रकाशित मिति : २०७७ फागुन १८ गते मंगलबार













प्रतिक्रिया दिनुहोस्