कोहलपुर ।
बाँकेको राप्तीसोनारी गाउँपालिकामा वडा नम्बर ९ ढकेरीमा टिप्पर दुर्घटनामा परी एक २५ वर्षीय युवाको मृत्यु भएको छ । सोमबार साँझ भएको दुर्घटनामा टिम्परको ठक्करबाट राप्तीसोनारी वडा नम्बर ५ का २५ वर्षीय ढकबहादुर खड्काको मृत्यु भएको हो । उक्त दुर्घटनामा परी एक ३५ वर्षीय युवा गम्भीर घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय कोहलपुरले वडा नम्बर ५ कै ३५ वर्षीय मानबहादुर खड्का गम्भीर घाइते भएको जनाएको छ । विपरित दिशाबाट आइरहेको टिप्परले दुई वटा मोटरसाइकललाई ठक्कर दिएको प्रहरीको भनाइ छ । भे ८ प ३७९५ नम्बरको मृतक खड्का सवार मोटरसाइकललाई टिप्परले ठक्कर दिएको थियो ।
टिप्परबाट ठक्करबाट ढकबहादुरको मृत्यु भयो भने भने मानबहादुर गम्भीर घाइते भए । दुर्घटनापछि घटनास्थल मै पुगेका इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डियसपी रविन्द्र खनालका अनुसार मृतक र गम्भीर घाइते भएका खड्का सहोदर दाजुभाइ हुन् । त्यसैगरी दुर्घटनामा भे ५ प ३८८९ नम्बरको मोटरसाइलमा सवार ५१ वर्षीय संजय चन्द समेत घाइते भएका हुन् । यता प्रहरीले घटना भएको केही समयपछि टिप्पर सहित चालकलाई समेत पक्राउ गरेको छ ।
डिएसपी खनालले ना ८ प ५४५६ नम्बर टिप्पर सहित चालकलाई समेत पक्राउ गरिएको जानकारी दिए । मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले टिप्पर चालक कोहलपुरका अन्दाजी २० वर्षीय विरु थारुलाई पक्राउ गरिएको बताए ।
‘फरार रहेका चालकलाई पक्राउ गरेका छौ । एकजना अर्को चाँही घर गएका छन् भन्ने आएको छ । हामी त्यहाँ जादैछौ । हामी टिप्पर सहित कोहलपुर आउँदैछौ ।’ उनले भने । खनालले टिप्पर राप्तीसोनारी ८ मा रहेको क्रसर उद्योगबाट बालुवा लोड गरी लुकिछिपी ल्याउने क्रममा दुर्घटना भएको अनुमान रहेको उनले बताए । घाइते दुबैको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्