कोहलपुरमा दिवा खाजा हुँदै



कोहलपुर ।

कोहलपुर नगरपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीलाई आर्कषित गर्नको लागि दिवा खाजा कार्यक्रम शुरु गर्दैछ । निजी विद्यालयमा भन्दा सरकारी विद्यालयमा विद्यार्थीहरुको चाप घट्न थालेपनि नगरपालिकाले यस्तो कार्यक्रम शुरु गर्न लागेको हो ।

सरकारी विद्यालयमा गरिब तथा विपन्न वर्गका विद्यार्थीको उपस्थिति धेरै हुने गरेकाले दिवा खाजाले सकारात्मक प्रभाव पर्ने विश्वासका साथ यो कार्यक्रम सुरु गर्न थालिएको हो ।

यो कार्यक्रम नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयमा सञ्चालन हुनेछ । हाल कोहलपुरमा कुल २९ सामुदायिक विद्यालय छन् । कोहलपुर पालिका अन्तर्गत शिक्षा शाखा प्रमुख अनन्त कुमार पौडयाल सामुदायिक विद्यालयमा अध्ययनरत देशभरका विद्यार्थीले विद्यालयमा खाजा खाँदै पठनपाठन अगाडि बढ्ने बताउँछन् ।

उनका अनुसार जसले गर्दा बालबालिकाहरु विद्यालयमा आकर्षित हुनेछन् । ‘पूर्व प्राथमिक तह, प्रराम्भिक बाल विकासदेखि ५ कक्षासम्मका बालबालिकाहरुलाई दिवा खाजाका सुरु गर्न लागेका छौं ।’ उनले भने, ‘अब तथ्यांक संकलन हुँदैछ, के कति मात्रामा वार्षिक रकम लाग्ने त्यसपछि मात्र थाहा हुनेछ ।’ प्रति विद्यार्थीलाई बढीमा १८० दिनका लागि दिवा खाजा उपलब्ध गराइने उनको भनाइ थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन १७ गते सोमबार