राप्तीमा कृषि विकास अधिकृतका छोरालाई ‘सेटिङ’ गरेर कृषि अधिकृतको करार सेवामा छनोट



दाङ

दाङको राप्ती गाउँपालिका कृषि विकास अधिकृतका छोरा कृषि अधिकृतको करार सेवामा छानिएका छन्।
फागुन ९ गते भएको अन्तरवार्ताबाट कृषि विकास अधिकृत महेश अधिकारीका छोरा अनिल अधिकारी कृषि अधिकृत (छैठौं तह) करार सेवामा छनोट भएका हुन्
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले सोही दिन जारी गरेको परीक्षा नजितामा अनिलको नाम पहिलो नम्बरमा छ।
गाउँपालिकाले माघ २७ गते सूचना प्रकाशित गरि उक्त पदका लागि दरखास्त आह्वान गरेको थियो। दर्जनौंले फारम भरे पनि लिखित परीक्षा नगराई सोझै अन्तर्वार्तामार्फत करार सेवामा कर्मचारी छानिएको हो।

अधिकारीका छोरा करार सेवाको अधिकृतमा छनोट भएपछि दक्ष आवेदकसहित अन्यले ‘सेटिङ’ गराएर आफ्ना छोरालाई भर्ना गराएको आरोप लगाएका छन्। यद्यपी यसमा आफ्नो कुनै हात नरहेको अनिलका बाबु महेशले सेतोपाटीसँग दाबी गरे।
उनले आफू शाखा प्रमुख भए पनि छनोट समितिमा नराखेकाले छोरा छनोट भएको बारे‍ आफूलाई केही थाहा नभएको जिकिर गरे।

‘म त्यो समितिमा बस्न पनि पाइनँ, त्यो समितिमा मलाई नजिक राख्दा पनि राखेनन्, मलाई थाहाँ नै भएन, कसले कहाँबाट छनोट गर्‍यो त्यो केशमा म संलग्न नै छैन,’ अधिकारीले सेतोपाटीसँग भने, ‘मेरो छोरो त्यहाँ सबैभन्दा सिनियर र टाइलेन्ट थियो, समितिले त्यो सबै मूल्याङकन गरेर छनोट गरेको हुनुपर्छ।’उनले धेरै दरखास्त परेको हुँदा छनोट नभएकाले ‘आफ्नो छोरालाई सेटिङमा छनोट गर्‍यो’ भनेर आफ्नो बदनाम गर्न खोजेको बताए।setopati.com

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन १५ गते शनिबार