‘म तिम्रो भए’ गितको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)



नेपालगञ्ज ।

बाँकेको नेपालगन्जमा ‘म तिम्रो भए’ बोलको गीतको म्युजिक भिडियो रिलिज गरिएको छ । बागेश्वरी क्युएफएक्समा उक्त बिहीबार एक कार्यक्रमका बीच भिडियो रिलिज गरिएको हो ।

कृष्णराज अधिकारीको निर्देशन रहेको भिडियोमा कोहलपुरका ईश्वर गिरी र आस्था पन्तको अभिनय रहेको छ ।

भ्वाइस अफ नेपालको पहिलो सिजनका विजेता सिडी विजय अधिकारी र उहाँकी धर्मपत्नी मनिषा राईको स्वर रहेको उक्त गीतको भिडियो छायाँकन र इडिटिङ रामु चौधरीले गरेका छन् ।

सिलौटो क्रियशनले बजारमा ल्याएको उक्त म्युजिक भिडियो बाँके, दाङ, प्युठान लगायतमा क्षेत्रमा छायाँकन गरिएको निर्देशक अधिकारीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन १३ गते बिहीबार