सिक्री लुट्ने पक्राउ



नेपालगन्ज ।

इलाका प्रहरी कार्यालय कोहलपुरले सिक्री चोरी गरेको आरोपमा एक युवालाई पक्राउ गरेको छ । होटल सञ्चालकलाई नसाजन्य पदार्थ मिसिएको जुस खुवाई सुनको सिक्री र नगद लुटेर फरार एक पुरुषलाई प्रहरीको पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरमा मुद्दा फाँट इन्चार्ज प्रहरी निरीक्षक सुबराज बमले पक्राउ पर्नेमा कालिकोटको रास्कोट नगरपालिका, १ घर भएका ३५ वर्षीय शाही रहेको जानकारी दिए । उनी कैलालीको चुरे गाउँपालिका वडा नं. ५ खानीडाँडाको एक होटेलमा नास्ता खाने क्रममा होटेल सञ्चालकलाई नसाजन्य पदार्थ मिसिएको जुस खुवाई दुई तोलाको सुनको सिक्री र तीन लाख २० हजार नगद लुटेर फरार भएका थिए ।

‘कैलालीबाट सुनको सिक्री र नगद लुटेर भागेका शाही कोहलपुरमा लुकिछिपि बसेको भन्ने सूचना प्राप्त भएको थियो’ प्रहरी निरीक्षक बमले भने, ‘उनलाई कोहलपुर नगरपालिका ३ किरणनाला नजिकै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेका हौं ।’ शाहीको साथबाट ५९ हजार नगद र भे ४ प ९५२५ नम्बरको मोटरसाईकल समेत बरामद गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

उनीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन २ गते आइतबार