पूर्ण खोप सुनिश्चितताका लागि अभिमुखीकरण



कोहलपुर ।

कोहलपुर नगरपालिका वडा नम्बर १४ मा पूर्ण खोप सुनिश्चितताका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आधारभूत स्वास्थ्य केन्द्र वडा नम्बर १४ को आयोजनामा एकदिने अभिमुखीकरण सम्पन्न भएको हो । वडा अध्यक्ष टेकचन हरिजनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

वडाका सरोकारवाला निकायहरुको सहभागिता रहेको कार्यक्रमबाट वडालाई पूर्ण खोपयुक्त घोषणाका लागि वडा स्तरीय समन्वय समिति गठन गरिएको छ ।वडा अध्यक्ष हरिजनको संयोजकत्वमा १२ सदस्यीय समिति गठन गरिएको हो ।

जसको सदस्यहरुमा रुक्मिनी शर्मा, मन बहादुर गुरुङ, जहगिर अली साई, सुवास चन्द्र यादव, अनु थापा,विष्णु थापा, विनोद थापा,लक्ष्मी कार्की, मनिसरा थापा,सिमा कुमारी बसफोर, दिवसचन्द्र न्यौपाने र नविन भण्डारा रहेका छन् । उक्त अवसरमा पूर्ण खोपको लागि तथ्याक संकलन गर्ने र योजना तर्जुमा गर्ने निर्णय गरिएको छ ।

वडाअध्यक्ष टेकचन हरिचन वडा नम्बर १४ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गर्नको लागि तयारी सुरु भइसकेको बताए । उनका अनुसार त्यसको पूर्वतयारी तथा कार्यक्रमको लागि समिति निर्माण गरिएको हो ।सरोकारवाला निकायहरुको सुझावका आधारमा अघि बढिने समेत उनको भनाइ छ । वडा नम्बर १४ लाई फागुन २ देखि १० गतेको बीचमा पूर्ण खोपयुक्त वडा घोषण गर्ने तयारी छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ २९ गते बिहीबार