निर्णय नमान्दा पार्टीमा समस्याः स्थायी कमिटी सदस्य प्रभाकर (भिडिओसहित)



कोहलपुर ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ‐नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले नेकपा विवादको प्रमुख कारण प्रधानमन्त्री केपी शर्मा ओली भएको बताएका छन् ।

पूर्वगृहमन्त्री तथा प्रतिनिधि सभा सदस्य समेत रहेका उनले ओलीले पार्टी कमिटीले गरेका निर्णय नमान्ने प्रवृत्तिका कारण नेकपा गम्भीर मोडमा आइपुगेको बताएका हुन् ।

बाँकेको कोहलपुरमा आइतबार कार्यकर्ता भेटघाटको क्रममा बोल्दै नेकपा नेता शर्माले उच्च तहबाटै निर्णय र सहमति कार्यान्वयन नहुने समस्या नै वर्तमान विवादको कारण भएको उल्लेख गरे । ‘अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ज्यूले यसअघि पार्टी निर्णय नमान्दा समस्या भएको हो’ उनले भने, ‘पार्टी निर्णय मान्न वित्तिकै अहिलेको समस्या समाधान हुन्छ ।

त्यसको लागि हामीले प्रयास गरिरहेका छौं ।’ जारी स्थायी कमिटीको बैठकबाट नै समस्याको समाधान निकिस्ने उनले दाबी गरे ।

तत्कालिन एमाले र माओवादी बीचको एकता गर्ने मध्येका एक सुत्रधार समेत रहेका नेता शर्माले पार्टी विवाद श्रृंखलाका विषयमा आधा घण्टा बोलेका थिए । सरकारले १० महिना अघि पार्टी विभाजन गर्ने नियतका साथ ल्याएको अध्यादेशबाट नेकपामा विवाद श्रृंखला सुरु भएको उनले बताए । ‘एकाएक अध्यादेश आयो । त्यो किन आयो । के का लागि आयो ।

हामी झस्कियौ’ शर्माले अगाडि थप, ‘स्थायी कमिटीका २० सदस्यले बैठकको माग ग¥र्यौ । तर बस्न सकेन । चर्को आलोचनाका बीच अध्यादेश फिर्ता भयो ।’ अहिले नेकपाको विवाद विचार र सिद्धान्तमा पुगिसकेको नेता शर्माले बताए । उनले पार्टीको विचार ‘जनताको जनवाद’ नै रहेको भन्दै पूर्व पार्टीको आभास हुनेगरि ठाउँठाउँमा बोल्दै हिड्ने काम भएको बताएका थिए ।

‘नेकपामा अहिले पूर्व एमाले पक्षीय तथा सरकारमै भएका मन्त्रीहरुबाट तत्कालिन एमालेको मुल सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’का विषयमा खुलेरै बहस हुने गरेको छ’ उनले भने । नेकपाले महाधिवेशसनसम्मको लागि पार्टीको सिद्धान्त ‘जनताको जनवाद’ नै हुने नेता शर्माले जानकारी दिए ।

त्यस्ता गतिविधि रोक्न र पार्टी एकता कायम राख्न आफूले सबै भन्दा बढी प्रधानमन्त्री ओलीलाई आग्रह गरेको उनको भनाई रहेको थियो । ‘त्यसपछि फेरी पनि नेकपामा विवाद सुरु भएपछि नेकपामा ओलीलाई दुवैपदबाट हटाउनको लागि स्थायी कमिटीको बैठकमा प्रस्ताव आयो’ नेता शर्माले भने, ‘त्यसो गर्न हँुदैन ।

पार्टी फुट्न सक्छ । एकतालाई कायम राख्नुपर्छ भनेर ओलीको खुला समर्थन मैले गरेको थिए । त्यो बेला प्रचण्डको विरोध पनि मैले गरे । त्यो बैठकले प्रधानमन्त्री ओलीको पक्षमा निर्णय ग¥यो ।’

नेकपा विवादको अर्को कारण मन्त्रीपरिषद् पुर्नगठन पनि रहेको उनले बताए । ‘पार्टीका कार्यकारी अध्यक्ष तथा अन्य नेताहरुको सुझाव विपरित निर्णय भएकोले फेरी विवाद सुरु भयो ।

अहिले नेकपामा विवाद श्रृखंला ‘पत्र युद्ध’ हुँदै प्रधानमन्त्री नै पार्टीको बैठकमा सहभागिता नै नजनाउने स्थिति सम्म आइपुगेको छ’ नेता शर्माले भने, ‘नेकपा एकजुट भएको हेर्न नचाहने बाह्य शक्तिको चलखेलका कारण पनि विवाद भएका बढ्यो ।’ उनले भने, ‘अहिले पार्टी फुटाउने खालका गतिविधि भइरहेका छन् ।

निर्देशन दिने समेत काम भइरहेको छ । हामी पार्टी विभाजनको पक्षमा छैनांै । नेकपा फुट्दैन । विवाद समाधान हुन्छ । यसमा तपाईहरु ढुक्क हुनुहोस ।

गुट उपगुटकापछि नलाग्न मेरो आग्रह छ ।’ नेकपा फुटे पार्टी मात्रै नभइ सिंगो देश गम्भीर मोडमा जाने नेता शर्माको भनाइ थियो । यस्तै सरकारबाटै संघीयता विरोधी गतिविधि भएकोले समस्या आएको समेत उनले आरोप लगाए ।

नेकपा कर्णाली प्रदेशका इन्चार्ज समेत रहेका नेता शर्माले कर्णाली प्रदेश सरकार विरुद्ध अविस्वासको प्रस्तुत पेश गर्नेदेखि प्रदेश सरकार ‘संघीय सरकार एकाई हुन’ भन्ने अभिव्यक्ति गम्भीर रहेको बताए ।

उनले केपी ओली पनि एकता कै पक्षमा रहेको विस्वास व्यक्त गर्दै भने, ‘उहाँलाई म व्यक्तिगत रुपमा पनि मनाउन लागि परेको छु । पार्टीको निर्णय मान्दिन भन्ने अधिकार कसैलाई छैन ।’ अबको समाधानको उपाय पार्टीको निर्णय सबैले मान्ने र धुव्रिकरण रोक्ने नै हो । संघर्ष, रूपान्त्ररण र एकता अहिलेको आवश्यक हो ।’

  • No tags available
प्रकाशित मिति : २०७७ मंसिर २९ गते सोमबार