कोरोनाबाट नेपालगन्जका शिक्षा शाखा अधिकृत विष्टको मृत्यु



नेपालगन्ज

नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा शाखा अधिकृत दानबहादुर विष्टको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका-४ का ५२ वर्षीय विष्टको उचपारका क्रममा भेरी अस्पतालमा आइतवार निधन भएको उहाँका छोरा नवीन विष्टले जानकारी दिनुभयो ।

स्वास्थ्यमा समस्या देखिएपछि विष्टले २४ गते कोरोना परीक्षणका लागि नमूना दिनुभएको थियो । त्यसको भोलिपल्ट २५ गते पोजेटिभ रिपोर्ट आयो । उहाँ २६ गते भेरी अस्पताल भर्ना हुनुभयो । कडा खाले कोभिडका कारण उहाँको निधन भएको अस्पतालले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ मंसिर २८ गते आइतबार