वडाभरी खानेपानीको पहुँच



शिवु खनाल । दाङ ।

दाङको गढवा गाउँपालिका वडा नम्बर १ कालाकाँटे निवासी पवित्रा जिसीलाई एकाविहानै एक किलोमिटर टाढा पैदल हिडेर रंनसिङ खोला स्थित छेवैमा रहेको जरूवामा पुगेर पानी ल्याउनुपर्ने बाध्यता छ ।

यो बाध्यता उनको मात्रै नभए वडा अन्तरगत गाउँका विभिन्न समुदायले पनि खेप्दै आएका छन् । सोहि वडा अन्तरगत जेठानगाउँ निवासी सन्तराम कुमालले करिब एक घण्टा पैदल हिडेर डोका बोकेर गाग्रोमा कुवाको पानी बोक्नुपर्ने बाध्यता रहेको दुखेसो पोखे ।

तर, वडामा खानेपानीको योजनाको काम सम्पन्न पश्चात् विगतको खानेपानीको समस्या अन्त्य हुने उनी विश्वास लिन्छन् । गढवा गाउँपालिका वडा नम्बर १ अन्तरर्गत ६ वटा गाउँमा खानेपानी योजनाको काम सम्पन्न भइसकेको छ ।

करिब आठ करोड ३३ लाखको लागतमा वडा नम्बर १ मा मात्रै ६ वटा खानेपानी योजनाहरू सम्पन्न भइसकेका छन् । अब घर–घरमा धारा र मिटर जडान गरि जनताको घरदैलोमा शुद्ध खानेपानी पु¥याउने तयारीमा रहेको गढवा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष बाबुराम अधिकारी बताए ।

आर्थिक वर्ष ०७६/०७७ को प्रदेश सरकारको शसर्त अनुदानबाट ३५ लाख बजेट र जिल्ला खानेपानी डिभिजन कार्यालय दाङको ७० लाख बजेट गरि कुल १ करोड ५ लाख लागतमा कालाकाटे खानेपानी तथा सरसफाइ योजनाको काम सम्पन्न भएको थियो । धारा र मिटर जडानसंगै कालाकाटेका तिनसय घरधुरी संख्या लाभान्वित हुनेछन् ।

यस्तै जिल्ला खानेपानी डिभिजन कार्यालय दाङको ३ करोड ७८ लाख ८७ हजार ८ सय ९ रूपैयाँको लागतमा मलमला खानेपानी तथा सरसफाई योजना अन्तरगत ओभेरहेट टंकि र डिप बोर्डिङ, अफिस घर, विद्युत् विस्तार, पाइप विस्तार कार्य सम्पन्न भएको छ । यसबाट एकसय ७० घरधुरी संख्या लाभान्वित हुनेछन् ।

यस्तै प्रदेश सरकारको शसर्त अनुदानबाट ९० लाखको लागतमा जेठानगाउँ खानेपानी तथा सरसफाइ योजना अन्तरगत पाइप विस्तार, डिप बोर्डिङ, विद्युत् विस्तार, मोटर हाउस सम्पन्न भएको छ र ओभरहेड टंकि अन्तिम चरणमा रहेको छ । योसँगै तीनसय पचास घरधुरी संख्या लाभान्वित हुनेछन् ।

यता जिल्ला खानेपानी डिभिजन कार्यालय दाङबाट १ करोड ४० लाख बजेट विनियोजन भइ पत्रिङ्गा खानेपानी तथा सरसफाइ योजना अन्तरगत ओभरहेट टंकि, अफिस घर, कम्पाउण्ड, विद्युत्, पाइस विस्तार मोटर हाउस सम्पन्न भएको हो । यहाँ एकसय चालीस घरधुरी संख्या लाभान्वित हुनेछन् ।

सोहि वडामा जिल्ला खानेपानी डिभिजन कार्यालय दाङबाट ५०/५० लाखको लागतमा योजना अन्तरगत वनघुस्रीर बनबारी खानेपानी तथा सरसफाइ योजना अन्तर खानेपानी टंकि, पाइप विस्तार, विद्युत् विस्तार, डिप बोर्डिङको काम सम्पन्न तथा कार्यालय भवन र मोटर हाउसको काम बाँकि रहेको छ ।

बनबारीमा एकसय तीस र वनघुस्री गाउँमा एकसय घरधुरी संख्या शुद्ध खानेपानीबाट लाभान्वित हुनेछन् । घरमा धारा र मिटर जोड्न मात्रै बाकि रहेका कारण यो आर्थिक वर्षको अन्तिममा जनतालाई घरमै शुद्ध खानेपानी पु¥याउने लक्ष्य रहेको वडाध्यक्ष अधिकारीले बताए । यहाँका स्थानीयले जरूवा, हाते पम्प र कुवाको पनि पिउँदै आइरहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ कात्तिक १७ गते सोमबार