बाँकेमा बिहीबार थप ३६ जना कोरोना संक्रमित निको भएर डिष्चार्ज भएका छन् । जिल्लाका विभिन्न आइसोलेसनबाट उनीहरु डिष्चार्ज भएका हुन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ९ सय ५१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।
अब आइसोलेसनमा बाँकेमा ३ सय ८६ र अन्य जिल्लाका ५ जना गरी ३ सय ९१ जना छन् । बाँकेमा हालसम्म १ हजार ३ सय ४५ जनामा कोरोना पुष्टि भएको छ । ८ जनाको भने मृत्युु भइसकेको छ ।
प्रकाशित मिति : २०७७ भदौ २५ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्