दाङकाे राप्ती नदीकाे किनारमा बेबारिसे महिलाको शब फेला



शिवु खनाल, दाङ

देउखुरीकाे राप्ती नदीमा एक बेबारिसे महिलाकाे शब फेला परेकाे छ । राप्ती गाउँपालिका वडा नम्बर २ काे राप्ती नदी कटाहाघाटमा ४५ बर्षिय एक महिलाकाे शब फेला परेकाे हाे ।

बुधबार बिहान ८ बजे स्थानीयले राप्ती नदीकाे किनारमा बगाएर ल्याएकाे दाउरा बटुल्न गएका बेला नदी किनारमा तैरिरहेकाे अवस्थामा उक्त शब देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शबकाे पहिचान हुन नसकेको र थप अनुसन्धान भईरहेकाे इलाका प्रहरी कार्यालय भालुवाङ्का प्रहरी निरीक्षक गंगाबहादुर सारूले जानकारी दिनुभयाे ।

शबकाे अहिले सम्म सनाखत हुन नसकेकाे राप्ती गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष जगतबहादुर थापाले जानकारी दिनुभयाे । शबलाई पाेष्टमार्टमकाे लागि राखिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ १७ गते बुधबार