कोहलपुरका सात जनासहित बाँकेका २७ जनामा कोरोना पुष्टि



कोहलपुर ।

बाँकेमा बिहिबार २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जका अनुसार बाँकेका बिभिन्न पालिकाका २७ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये नेपालगन्जका १२, कोहलपुरका ७, जानकीका ६ जना, राप्तीसोनारी र खजुराका १/१ जना रहेका छन् ।

त्यसैगरी भेरी अस्पतालको प्रयोगशालामा गरीएको परिक्षणमा बर्दियाका २ जना तथा गोर्खा, नवलपरासी, कपिलवस्तु, रुकुम, मकवानपुर र तनहुँका १/१ गरी जिल्ला बाहिरका ८ जनामा समेत संक्रमण देखिएको छ । बर्दिया बाहेक अन्य जिल्लाका ६ जना बाँकेमै कार्यरत कर्मचारी भएको बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ ११ गते बिहीबार