कोहलपुर ।
बाँकेमा मंगलवार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा भेरी अस्पतालका एक जना चिकित्सकसहित ९ जनामा संक्रमण पुष्टि भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेको कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पतालका चिकित्सक एक जना, एभरेष्ट बैंकका २ जना, वडा प्रहरी कार्यालय नेपालगञ्जका एक जना, नेपालगञ्जको वडा नम्बर ४ का ३, वडा नम्बर १ र ९ का एकएक जनामा कोरोना पुष्टि भएको हो ।
योसंगै बाँकेमा कोरोना संक्रमितको संख्या ८ सय ४४ पुगेको छ । यी मध्ये ६ सय ५४ जना निको हुँदा ४ जनाको मृत्यु भएको छ । यस्तै भेरी अस्पतालमै गरिएको परीक्षणमा बर्दियाका ६ जनामा पनि कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति : २०७७ भदौ ९ गते मंगलबार








प्रतिक्रिया दिनुहोस्