कोहलपुर नगरपालिका अगाडि धर्ना



कोहलपुर, बैशाख २१
कोहलपुर नगरपालिकामा २४ दिन पुग्दा पनि कार्यकारी अधिकृत नआए पछि कोहलपुर सुधार समाजले काहेलपुर नगरपालिका कार्यालयमा मंगलबार धर्ना बसेको छ । तत्काल कार्यकारी अधिकृत आउनु पर्ने भन्दै धर्ना बसेको छ ।

DSC00033

सुधार समाजले प्रमुखविहीन हुँदा कोहलपुर नगरपालिकाको विकासका कामहरु ठप्प भएको, नयाँ आर्थिक बर्षको बजेट र कोहलपुरको विकासमा समेत नकारात्मक प्रभाव परेकोले नेपाल सरकार, स्थानिय विकास मन्त्रालय र सम्बन्धित सरोकारवाला निकाय तथा राजनीतिक दलहरुलाई तत्काल नयाँ कार्यकारी अधिकृत पठाउन जोडदार माग गर्दै धर्ना बसेको छन् । 

  • No tags available
प्रकाशित मिति : २०७३ वैशाख २१ गते मंगलबार