कोहलपुर ।
बाँकेमा कोरोनाबाट थप एक व्यक्तिको मृत्यु भएको छ । योसँगै बाँकेमा कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या चार पुगेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ का ६२ वर्षका पुरुषको सोमबार राति उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।
साउन ३० गते कोरोनाको लक्षण देखिएपछि उनी ३२ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएका थिए । कोरोनाको आशंकामा उनको स्वाब लिइएको थियो । सोमबार दिउँसो ३ बजे आएको रिपोर्टमा उनमा कोरोना पोजिटिभ देखिएको थियो । उनको फोक्सोमा निमोनियाको समस्या रहेको थियो ।
यसअघि नरैनापुर गाउँपालिका ५ मा २५ वर्षका युवा, बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिला र कोहलपुर नगरपालिका २ की ७० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भइसकेको छ ।
प्रकाशित मिति : २०७७ भदौ २ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्