बाँकेमा हालसम्म ४ सय ५५ जना कोरोनामुक्त भएर डिस्चार्ज



कोहलपुर ।

बाँकेमा कोरोना जितेर घर फर्किनेको संख्या चार सय ५५ पुगेको छ । सोमबार आज नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्तासहित ११ जना कोरोनामुक्त भएर डिस्चार्ज भएसँगै संक्रमणमुक्त भएर घर फर्कनेको संख्या ४ सय ५५ पुगेको हो । संक्रमण पुष्टि भएपछि आईसोलेशनमा बस्दै आएका उपमहानगरपालिका प्रवक्ता एवम् वडा नं.१ का वडाअध्यक्ष प्रमोद रिजालसहित ११ जना डिस्चार्ज भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनबाट अध्यक्ष रिजालसहित ३, आर्दशनगर आइसोलेसन सेन्टरबाट ३ र लायन्स डेन्टल अस्पताल आइसोलेसनबाट ५ जना डिस्चार्ज भएको श्रेष्ठले बताए । यस्तै बाँकेमा हालसम्म कोरोना संक्रमितको संख्या सात सय ३० पुगेको छ । अहिले जिल्लाका विभिन्न आइसोलेसनमा बाँकेका दुई सय ७२ जनाको उपचार भइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ १ गते सोमबार