कोहलपुर :
बाँकेमा थप ११ जनामा कोरोना पुष्टि भएको छ ।
भेरी अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
अस्पतालले अपरान्ह साढे चार बजे जारी गरेको विज्ञप्ति अनुसार कोहलपुर नगरपालिकाका ६, र नेपालगञ्ज उपमहानगरपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
शुक्रबार थपिएका संक्रमित मध्ये कोहलपुर का १ जना सहित नेपालगञ्जका २ र अन्य सबै पुरुष रहेका छन् ।
भेरी मै गरिएको परिक्षणमा बर्दियाका १२ जनामा कोरोना पुष्टि भएको जनाइएको छ ।
प्रकाशित मिति : २०७७ साउन ३० गते शुक्रबार











प्रतिक्रिया दिनुहोस्