कोहलपुर ।
बाँके प्रहरीले लागू औषध ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । नेपालगञ्ज–२२ शान्तिचोकबाट प्रहरीले बिहीबार दिउसो ३ बजे सुराकीले दिएको जानकारी अनुसार वर्ष ३२ को राकेशकुमार लोनिया र वर्ष २८ को छविलाल लोनियालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुवास खड्काले उनीहरुको साथबाट प्लाष्टिकको २ र कागजको १ वटा पुडिया बनाई राखेको २ ग्राम १ सय मिलिग्राम ब्राउनसुगर जस्तो धुलो देखिने पदार्थ सहित फेला पारी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेका बताए ।
प्रकाशित मिति : २०७७ साउन ३० गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्