१
यो धर्ती बोलेन यो आकाश बोलेन ।
अँधेरीलाई चोट पर्दा प्रकाश बोलेन ।
कसरी मन बुझाउला दुनियाँले खै ?
भुइँभरी फूल झर्दा सुवास बोलेन ।
२
जसरी फुली उतारेपछि टोलाउछे ठूली ।
पुरै हिउँ पग्लेपछि टोलाउछे हिउँचुली ।
लाग्छ देश आज यस्तै यस्तै भएको छ
पुच्छर खसेपछि टोलाउछे माउसुली ।
कोहलपुर, बाँके
प्रकाशित मिति : २०७७ साउन ३ गते शनिबार









प्रतिक्रिया दिनुहोस्