कोरोना संक्रमित महिलाको शव मानखोला छेउमा यसरी व्यवस्थापन गरियो



मृत्यु पश्चात कोरोना पुष्टि भएकी बाँके बैजनाथ गाउँपालिका ६ की ४६ वर्षिय महिलाको शवलाई व्यवस्थापन गरिएको छ ।

उनको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सोमबार साँझ मृत्यु भएको थियो ।

उनको स्वाब परीक्षण रिपोर्ट मंगलबार राती आउँदा कोरोना पोजेटिभ देखिएको हो । शवको नेपाली सेनाको टोलीले सुरक्षित तरीकाले बर्दिया बाँसगढी नगरपालिकाको मानखोला छेउको जंगलमा व्यवस्थापन गरेको छ ।

मानखोला छेउको जंगलमा कोरोना संक्रमित महिलाको शवलाई गाडेर व्यवस्थापन गरिएको नेपाली सेनाले जनाएको छ ।

कोहलपुर मेडिकल कलेजको शव गृहबाट नेपाली सेनाको टोलीले सुरक्षित तरीकाले मानखोला छेउको जंगलमा पु¥याएको थियो ।

सबै तस्बिरहरुः कृष्ण ओली

  • No tags available
प्रकाशित मिति : २०७७ असार ३ गते बुधबार