कोहलपुर :
भारत र नेपाल बीचको सीमा समस्या अहिलेको होइन । विगत लामो समय देखि दुई देश बीच सीमाका विषमा विवाद हुदै आएका छ । पछिल्ले पटक भारतले नेपाली भूमि लिपुलेकमा सडक शिलान्यास गरेपछि यो मुद्धा निकै पेचिलो बनिरहेको छ ।
भारतले सडक शिलान्यास गरेसँगै नेपाल सरकारले समेत लिपुलेक, कालापनी र लिम्पियाधुरा सहितको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेसँगै नेपाल र भारतको सम्बन्धमा दरार देखिएको छ । ती भूमि दुवै देशले आफ्नो भएको दावि समेत गरिरहेको अवस्था छ ।
नेपालमा भने सरकारले दीर्घकालिन रुपमा सीमा विवाद टुंग्याउनु पर्ने आवज उठिरहेको छ । यसै सन्दर्भमा
सीमा अतिक्रमणकै विषयलाई समेटेर इतिहास झल्काउने गरि इतिहास बोलको गीत सार्वजनिक भएको छ।
विन्दास मिडिया नेटवर्कले निर्माण गरेको इतिहास बोलको रास्ट्रिय भाव बोकेको गीत नयाँ पुस्ताले रुचाउने गरी र्याप शैलीमा तयार गरिएको छ । गीत आहा टिभि युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
पत्रकार रवीन्द्र सुबेदीले तयार पारेको शब्दमा संचारकर्मी, तथा कलाकार चिरञ्जीवी सापकोटा , जिबेश गुरुङ र प्रवीण भट्टको आवाज रहेको छ ।
गीतमा नेपाली वेब सिरिज आजकालको लभका लोकप्रिय कलाकार जिबेश गुरुङले यस गीतको भिडियोलाई निर्देशन गरेका छन्। गीतको संगित संयोजन ओम सुनारले गरेका छन् भने यसको प्रोजेकट कोडिनेटर समीर नेपालले गरेका छन्।










प्रतिक्रिया दिनुहोस्