कोहलपुर ।
बाँकेको बैजनाथ गाउँपालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेबाट आज ८ जनामा कोरोना संक्रमण थपिदा बैजनाथ गाउँपालिकाका एक जनामा पनि कोरोना संक्रमण देखिएको छ । बैजनाथ गाउँपालिका ३ का ३० वर्षिया पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
बाँकेका आठ वटा गाउँपालिका मध्ये कोहलपुर नगरपालिका र जानकी गाउँपालिकामा कोरोना संक्रमण देखिएको छैन । तर जानकी गाउँपालिकामा भने अहिले सम्म कोरोना संक्रमण परिक्षण गरिएको छैनन ।
मंगलबार प्रेस संगठन नेपाल बाँकेको जुम सफ्टवर्यरमा अन्तरक्रिया कार्यक्रममा जानकी गाउँपालिकाका प्रशासकिय अधिकृत हरिबहादुर खत्रीले अहिले सम्म कोरोना परिक्षण नगरिएको बताए । सो आठ जनामध्ये नेपालगञ्जका एक जना, राप्ती सोनारी गाउँपालिकाका तिन जना, डुडुवा गाउँपालिकामा तिन जनालाई कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय बाँकेका फोकल प्रसन नरेष्ट श्रेष्टले जानकारी दिएका हुन् ।









प्रतिक्रिया दिनुहोस्