मधुर पौडेल ।
बर्दियामा रहेको बाँसगढी उद्योग वाणिज्य संघद्वारा बाँसगढी नगरपालिकालाई राहत सहयोग गरेको छ । सोमबार बाँसगढी उवासंघका अध्यक्ष रामसिंह थारु र महासचिव शंकर तिवारीले संयूक्त रुपमा बाँसगढी नगरपापालिकाका प्रमुख शालिकराम अधिकारीलाई राहत सहयोग गरेका हुन् ।
उवासंघ बाँसगढीका अध्यक्ष थारुले विश्वमा फैलिएको कोरोना संक्रमणका कारणले अति विपन्न परिवार, साँझ विहान छाक टाँर्न समेत धौधौ परेका परिवारलाई राहत दिएको बताए ।
उनका अनुसार १०१ प्रति घरधुरीलाई २५ केजी चामल, २ केजी दाल, १ लिटर तेल, एक केजी पोका नुन, दुई डल्ला सावुन, आधा केजी चाउचाउ हस्तान्तरण गरेको बताए ।
नगर प्रमुख अधिकारीले विपत परेको समयमा सबैको साथ सहयोगको अपेक्षा रहेको बताए । नगरपालिकाले कोरोना नियन्त्रण गर्नेका लागि नगरपालिकाले गरेका निर्णयहरु अनुशानका साथ पूर्ण रुपमा पालन गर्नुपर्दछ उनले भने









प्रतिक्रिया दिनुहोस्