कोरोना त्रासका कारणले सरकारले जारी गरेको लकडाउन एक महिना नजिक छ । नेपालमा अहिले सम्म २० जना कोरोना संक्रमित भेटिएका छन् । ती मध्ये दुई जना निकै भएर पनि घर फर्किसके छ । एक महिना देखि छिटफूट रुपमा देखिएका कोरोना संक्रमित एक दिन १४ जना भेटिए । एकदिन ठूलो संख्यामा कोरोना भेटिएपछि अझ जोखिम बढेको छ । नेपालमा कोरोना दोस्रो चरणमा छ । तेस्रो चरणमा प्रवेश गर्न सक्ने सम्भावना प्रवल बन्दै गएको छ । कोरोना संक्रमणको तेस्रो र निकै जोखिम युक्त चरण समेत हो । विश्वमा सबै भन्दा बढी मानिसको मृत्यु तेस्रो मै भएको छ । केही मुलुकले यो चरण समेत पारे गरेर अनपेक्षित माहामारीको समस्या भोगिसकेका छन् । अमेरिकाले त कोरोना भाइरसका अहिले सम्मका सम्पूर्ण रेकर्ड तोडेको छ ।
सरकारले लककडाउन झन झन लम्ब्याइरहेको छ । यसले जनतामा झन त्रासको वातावरण सिर्जना गरिरहेको अवस्था छ । त्यसैले मानिसहरु सहर छोडेर घर आउन हजारौँ किलोमिटर पैदल यात्रा गरिरहेका छन् । उनीमा बन्दाबन्दी होइन परिवारको सँगको भेटबन्दीले बताउँन थालेको छ । त्यहीँ भएर उनीहरुको सरकारले नियम भन्दा पनि परिवारको मायाले हप्तौ हिड्न तयार छन् । भोको पेट, नांगो खुट्टा टन्टलापूर्ण घामको प्रवाह नगरि गन्तव्यहिन यात्रा गरिरहेका छन् । उनीहरुलाई लाग्छ । मर्न नै परेपनि आफ्नै घरमा जरुला । दुई दिनको भोको पेट उनीहरुलाई थाहा छैन । परिवारको मायाले सताएको छ । पैदल हिड्नेहरुमा सुरक्षा निकायको बर्बतताले झन पीडा माथि पीडा थपिरहेको छ । मानो उनीहरुको राज्य नै छैन । उनीहरु अ –नागरिक हुन् ।
सरकारले भर्खरै मानिसलाई भोकभोकै हिड्न नदिन र जहाँछन् त्यही खाने र बस्ने व्यवस्था गर्न निर्देशन दिइसकेको छ । अहिले स्थानीय सरकार समेत सरकारले निर्देशन बमोजिम राहत तथा उद्धारमा सक्रिय भएका छन् । यहाँका स्थानीय सरकार मध्ये एक हो, कोहलपुर नगरपालिका । जुन तीन प्रदेशको टान्जिट प्वाइन्ट हो । यहाँका पूर्व देखि सुदूरपश्चिम सम्म पनि पुग्छन् । तीनै पैदल हिडेर आएका नागरिकहरुको सुरक्षा तथा उद्धारको लागि चौराहामा खानेपनि, आराम सहित हेल्थ डेस्कको समेत स्थापना गरिएको छ । दैनिक ५ सय भन्दा बढी नागरिकलाई सम्बन्धित स्थानीय सरकारसँगको समन्वयमा गन्तव्यमा पुयाउने गरिएको छ । विपत्तिको बेला साच्चै स्थानीय सरकारको सक्रियता चाहिन्छ नै । जनताले चाहेको पनि यही हो । कि विपत्तीको बेला सहयोग गर्ने सरकार होस । अहिले स्थानीय सरकारको सहयोग सहहनीय छ । आगामी दिनमा समेत यसले निरन्तरता पाओस । हामी भने सुरक्षित हौऔ ।









प्रतिक्रिया दिनुहोस्