निरञ्जना चन्दका साइनोहरु



निरञ्जना चन्द
(बाँसगढी, बर्दिया)

आऊ साइनो गासौँ
मीठो इतिहास रचौँ
डाह ईर्षा सबै हटाऔँ ।।

फल छ आकाशमा
आँखातरी मर्छ अरे
अल्छी तिघ्रा मिठा जिब्राले ।।

चाइनाको कोरोना
भित्रभित्रै नेपालमा
आयोगयो काल बनेर ।।

देउराली भाकियो
बाचा कसम खाइयो
ऊ त भाग्यो डाँडै काटेर ।।

सिन्दुरको धर्कोले
राजा सिद्धियो रक्सिले
रानी डुबी आँशु सर्कोले ।।

झ्याउरेको तालैमा
काँक्रेबिहार र बुलबुले
टप्पा नाच्छे भेरी चुलचुले ।।

नुनको ढिको चाट्न
श्रीमान गयो खाडीमा
श्रीमती अर्कैको गाडीमा ।।

फेसबुके जिन्दगी
ढाँटीढाँटी के बाँच्नु र ?
गर्दिन म झुटको खेती ।।


जाग दिदीबहिनी
छोड सिङ्गारपटार
खोसौँ नमागौँ अधिकार ।।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख ६ गते शनिबार