घरेलु तथा साना उद्योग महासंघ एवं महिला उद्यमी समिति द्वारा ३० हजार विपद् कोषमा सहयोग



कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको घरेलु तथा साना उद्योग महासंघ कोहलपुर समितिद्वारा कोहलपुर नगरपालिकाको विपद् तथा राहत व्यवस्थापन कोषमा ३० हजार सहयोग गरेको छ ।

आइतबार नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समिति एवं महिला उद्यमी समितिको तर्फबाट कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतलाई ३० हजार रुपैयाको चेक हस्तान्तरण गरेका हुन् ।

घरेलु तथा साना उद्योग महासंघ कोहलपुर समितिका अध्यक्ष हेमविक्रम जिसीले दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक टार्नुपर्ने मजदुर तथा विपन्न समुदायका मानिसलाई थोरै भएपनि राहत होस भनेर सहयोग गरेको बताए ।

यस्तै संघ—संस्था, तथा व्यक्तिहरुले विपद् कोषमा जम्मा गर्ने चाहेमा कोहलपुर नगरपालिकाको कृषि विकास बैंक, कोहलपुर शाखामा रहेको विपद् व्यवस्थापन कोषको खाता नं.०७२०५०१०००२३५३०६ मा सहयोग गर्ने सकिने व्यवस्था गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत ३० गते आइतबार