कोहलपुर/ बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ३ ले वडामा रहेका ज्याला मजदुरी गर्नेहरुको तथ्यांक संकलन गरेर राहत वितरण गरिरहेको छ । विश्वमा महामारीको रुपमा फैलिएको रोकोना भाइरस अर्थात कोभिट–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेको अवस्थामा ज्याला मजदुरी गरेर छाक टार्नेहरुका लागि मस्किल भइरहेको छ । वडा नं.३ मा अहिलेसम्म संकलन गरिएको तथ्यांक अनुसार ज्याला मजदुर गर्नेहरुको संख्या ७० परिवार रहेको वडा अध्यक्ष माधव रिजालले जानकारी दिए ।
उनीहरुमध्ये २३ परिवारलाई बुधबार विभिन्न समाजसेवी, राजनितिर्मी तथा जनप्रतिनिधिको सहयोगमा राहत वितरण गरिएको वडा अध्यक्ष रिजालले बताए । उनीहरु प्रत्येक परिवारलाई २५ किलो चामल, ३ किलो दाल, १ लिटर तेल, २ किलो आलु, बेसार लगायतका खाद्य सामग्री वितरण गरिएको उनले बताए । वडामा रहेका अन्य सामान्य तथा मज्दुर वर्गको परिवारलाई पनि केहि दिनमा राहत वितरण गर्ने तयारी भइरहेको वडा अध्यक्ष रिजालले जानकारी दिए ।
कोरोना फैलिन नदिँन वडा नं.३ मा पनि उच्च सर्तकता अपनाइएको छ । वडामा भारत लगायत तेस्रो मुलुकबाट आएका व्यक्तिहरुको लगत संकलनदेखि उनीहरुको निगरानीका लागि विभिन्न टोलहरुमा स्वयंसेवक टोलि समेत गठन गरिको छ । सरकारले लगाएको लकडाउनलाई पूर्ण रुपमा पालना गर्नका लागि पाँच÷पाँच जनाको स्वयंसेवक टोलि खटाइएको छ । कोहलपुर नगरपालिका वडा नं.८ मा पिपरीमा क्वारेन्टाइ स्थापना गरेको छ । त्यहाँ अपुग भएमा वडा नं.३ मा रहेका कोहलपुर बागेश्वरी मावि र जनता माविलाई क्वारेन्टाइनका लागि तयारी अवस्थामा राखिएको वडा अध्यक्ष रिजालले जानकारी दिए ।
यस्तै उनले वडावासीहरुलाई कोरोनाबाट बच्न विशेष सर्तकता अपनाउन आग्रह गरेका छन् । उनले लकडाउनको पूर्ण पालना गर्न अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन पनि आग्रह गर्नु भएको छ । यदि अत्यावश्यक काम परेर निस्कने पर्ने भएमा स्थानीय जनप्रतिनिधि वा सुरक्षामा खटिएका प्रहरीसंग समन्वय गरेरमात्रै निस्कन आग्रह गरेका छन् । त्यसका साथै सरसफाइमा पनि ध्यान दिन सबैमा आह्वान गरेका छन् । कुनै समस्या परेका आफू वा अन्य आफ्नो वडामा भएका अन्य जनप्रतिनिधिहरुलाई फोन गर्न समेत उनले आग्रह गरे । ‘तपाइहरुलाई कुनै समस्या प¥यो भने मलाई फोन गर्नुहोस्, उनले भने मैले सक्ने जति सहयोग गर्न तयार छौँ ।’
अन्त्यमा विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि वडा नं.३ ले गरेको पूर्व तयारीका बारेमा वडा अध्यक्ष रिजारसंग यानबी साहुले गरेको [अडियो कुराकानी]।









प्रतिक्रिया दिनुहोस्