नेपालगञ्ज :
बाँकेको नेपालगञ्ज उप–महानगरपालिका –१८ ले ४१ सुकुम्बासी परिवारलाई खाद्यान्न वितरण गरेको छ ।
कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले आव्हान गरेको ‘लक डाउन’का कारण दैनिक कष्टकर जीवनयापन गरिरहेका नेपालगञ्ज–१८ नयाँगाउँ सुकुम्बासी बस्ती मै पुगेर वडा कार्यालयले खाद्यान्न वितरण गरेको हो ।
वडाअध्यक्ष दीपक बर्माले आर्थिक रुपमा विपन्न सुकुम्बासी परिवारलाई ‘लक डाउन’को समयमा राहात होस भन्ने उद्देश्यले सहयोग गरिएको बताए ।
‘प्रत्येक विपन्न घरपरिवारलाई ५ किलो चामल एक किलो दाल,प्याज र दुई किलो आलु सहयोग गरिएको छ ’उनले भने,‘दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएकाहरु सुकुम्बासीहरुलाई ‘लक डाउन’का कारण समस्यामा परेको जानकारी प्राप्त भएपनि खाद्यान्न सहयोग गरिएको हो । खाद्यान्नले सुकुम्बासी बस्तीलाई केही राहात हुने हामीले आशा गरेका छौ ।’
यस्तो बेला वडाबासीलाई समस्या नहोस भनेर वडा कार्यालयले सम्पूर्ण व्यवस्था गरेको समेत उनको भनाई छ ।
उनका अनुसार त्यहाँका नागरिकलाई सरसफाइँमा ध्यान दिन तथा अत्यावश्यक बाहेक काममा घर बाहिर ननिस्कन आग्रह गरिएको छ । यता वडा अध्यक्ष सहित टोली खाद्यन्न बोकेर गाउँ मै पुगेपछि सुकुम्बासी बस्तीका नागरिकहरुले खुसी व्यक्त गरेका छन् ।
यस अघि वडा अध्यक्ष बर्मा कै अगुवाईमा उक्त बस्तीमा मास्क र साबुन वितरण गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्