ल्याण्डिङ्गका गर्दा धवनमार्गबाट चिप्लिएर जहाज दुर्घटना



नेपालगञ्ज/  कोरोना भाइरसको संक्रमित लागि चाहिने आवश्यक स्वास्थ्य सामाग्री लिएर लिएर आएको नेपाल बायु सेवा निगमको जहाज शनिवार (आज) मध्यान्ह नेपालगन्ज विमानस्थलको धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको छ । जहाजमा रहेका चालक दलका सदस्य सहित पाँच जना सकुशल रहेको विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए ।नाइन एन एकेयु कलसाइन भएको उक्त विमान ल्याण्डिङ्गको क्रममा धवनमार्गबाट केही मिटर पर उछट्एिको थियो ।

विमान दुर्घटना भए लगत्तै उद्धार टिम खटिएको र विमानमा रहेका चालक दल लगायत पाँच जनाको तत्काल उद्धार गरिएको ठाकुरले बताए । विमानमा सवारलाई केही नभए पनि विमानमा भने क्षती पुगेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत १५ गते शनिबार