रावन विश्वकर्मा, बाँसगढी
सरकारले घोषणा गरेको लक डाउनको आकाश ईट्टा उद्योग वेलवाले उलंघन गरेको छ । कोरोना भाईरस(कोभिड–१९)को सक्रमणबाट बच्न सरकारले गरेको लक डाउनको आकाश ईट्टा उद्योग वेलवाले उलंघन गरे पछि ईट्टा उद्योग बन्द गरिएको छ । लक डाउनलाई अवज्ञा गर्दै ईट्टा उद्योग सञ्चालन भए पछि मानिसहरुको चहल पहल बढे पछि स्थानियहरुले प्रहरीलाई खबर गरेका थिए ।
स्थानियको खवर पछि ईलाका प्रशासन कार्यालय बाँसगढीका प्रमुख डिल्लीराम आचार्य, बाँसगढी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रेमराज पौडेल, ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीका प्रहरी निरिक्षक ईन्द्रजित सुनार लगायतको टोलीले ईट्टा उद्योगको काम कारबाही बन्द गराएका छन् ।
ईट्टा उद्योगमा लक डाउनको अवज्ञा गर्दै झण्डै १ सय बढीले काम गरिरहेको पाईएको छ । ईट्टा उद्योगमा काम गर्ने भारतिय नागरिक ४९ जना, बारबर्दियाको शक्तिनगरका ३१ जना, बढैयाताल दक्षिणभकारीका १० जना र बाँकी बढैयताल सिमलघारीका कामदार रहेको प्रहरीले जनाएको छ ।
उद्योगमा काम गर्ने भारतिय नागरिकलाई ईट्टा उद्योग मै बनाईएका टहरामा सुरक्षित सँग बस्न अनुरोध गरिएको छ भने बाँकी बारबर्दिया र बढैयातालका कामदारलाई आजै घर फर्काउने व्यवस्था गर्न ईट्टा उद्योग सञ्चालनहरुलाई आग्रह गरिएको छ । ईट्टा उद्योग सञ्चालकहरुलाई आजै ईलाका प्रहरी कार्यालय बाँसगढीमा उपस्थित हुन समेत भनिएको छ ।









प्रतिक्रिया दिनुहोस्