बैजनाथका एक महिलालाई नेपालगञ्ज रिफर



कोहलपुर :
बाँकेको बैजनाथ गाउँपालिकाका ८ की एक महिलालाई उच्च ज्वरो आएपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।

एक साता अघि भारतको दिल्लीबाट आएकी युवतीलाई थप उपचारको लागि नेपालगञ्जमा रिफर गरिएको हो ।

गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल ठकुरीले उच्च ज्वरो र पखालाको समस्या देखिएपछि गाउँपालिकाको समन्वयमा नेपालगञ्ज रिफर गरिएको बताए ।

उनका अनुसार गाउँपालिकामा भारतबाट आएका व्यक्तिहरु अहिले पनि गाउँपालिकाका विभिन्न वडामा रहेको गुनासो आएकोले वडा अध्यक्षलाई सेल्फ क्वारेन्टाइनमा राख्न र निगरानी गर्न निर्देशन दिइएको बताए । यद्यपि उनमा कोरोना संक्रमण बारे भने केही खुलेको छैन ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत १३ गते बिहीबार