कोहलपुर/ बाँकेको राप्तीसोनारीका दुग्ध उत्पादक कृषकहरुले दुधको उचित मूल्य नपाएको गुनासो गरेका छन् । राप्तीसोनारी गाउँपालिका वडा नं.९ ढकेरीमा रहेको महादेवपुरी दुग्ध उत्पादक सहकारी संस्थाले किसानहरुसंग गरेको अन्र्तक्रिया कार्यक्रममा उनीहरुले आफूले उत्पादन गरेको दुधले उचित मूल्य नपाएको गुनासो गरेका हुन् । आफूहरुले उत्पादन गरेको दुधले सरकारले निर्धारण गरेको मुल्य नपाएकोले सस्तोमा विक्रि गर्नुपर्ने बाध्यता रहेको उनीहरुको गुनासो थियो ।
अन्र्तक्रिया कार्यक्रममा बोल्दै दुग्ध उत्पादक कृषक झम्पा गौतमले आफूहरुले उत्पादन गरेको दुधले उचित मूल्य नपाउँदा सस्तोमा विक्रि गर्नु पर्ने बाध्यता रहेको बताइन् । ‘हामी कृषकहरुले दुधको उचित मुल्य पाएका छैनौँ उनले भनिन्–‘विचौलियाले विचमै खान्छन्, आफूहरुबाट ५० रुपैयाँ लिटर लिएर ८० रुपैयाँमा बेच्ने गरेका छन्, हामी किसान मर्कामा छौँ ।’ सरकारले निर्धारण गरेअनुसारको दुधको मल्य पाउनु पर्ने उनले माग गरिन् ।
यस्तै अर्का कृषक बिर बहादुर डाँगीले पनि आफूहरुले उत्पादन गरेको दुध सस्तो मुल्यमा विक्रि गर्नुपर्ने वाध्यता रहेको बताए । यसले गर्दा किसानहरु मर्कामा परेको उनको भनाई थियो । उनले भने–‘किसानले मेहनत अनुसारको दुधको मुल्य पाउन सकेका छैनन्, जताबाट भएपनि कृषकनै मारमा छन्, सम्विन्धित निकायको ध्यान जाओस् ।’ एवान डेरी उद्योगका सञ्चालक सन्तोष पौडेलले शुद्ध र पोषणयूक्र दुध उत्पादनमा कृषहरुले विशेष जोड दिनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै राप्तीसोनारी गाँउपालिका वडा नं.९ का अध्यक्ष महाबिर वलिले कृषकहरुले उत्पादन गरेको दुधलाई सहजै बजारसम्म पुर्याउन सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । कृषकहरुका लागि वडा कार्यालयबाट गर्न सक्ने जस्तोसुकै सहयोग गर्न तयार रहेको पनि उनको भनाई थियो ।
स्वच्छ र पोषणयुक्त दुध किसानको गोठदेखि सबैको ओठसम्म पु¥याउनु चुनौतीको विषय भएको सहकारीका अध्यक्ष भिम बहादुर केसीले बताए । यस्तै सहकारीका लेखा समिती सदस्य धन बहादुर वलिले कृषकले दुधको उचित मूल्य पाउनु पर्नेमा सबै सरोकारवाला निकायहरुले चासो दिन आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै दुग्ध बिकास सस्थानका प्रतिनिधी अर्जुन पन्थीले दुग्ध बिकास संस्थानले ग्रामिण क्षेत्रमा रहेका सिमान्तकृत कृषकहरुले उत्पादन गरेको दुधलाई उचित मूल्यमा संकलन गरी प्रशोधन गरेर बजारीकरण गरिरहेको बताए । संस्थानले हरेक दुग्ध उत्पादन संस्थाहरुसँग सहकार्य गर्दै आइरहेको पनि बताए । उनले शुद्ध र पोषणयुक्त दुध उत्पादनमा जोड दिन किसानहरुलाई आग्रह गरे । कार्यक्रममा जनप्रतिनिधि, सहकारीका सदस्य, विभिन्न संस्थाका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्