अटो सवार थप एक जनाको मृत्यु, मृतकको संख्या दुई पुग्यो



कोहलपुर/ कोहलपुर बाँकेको कोहलपुरमा बिहीबार अटो रिक्सा दुर्घटनामा घाइते भएका थप एक जनाको मृत्यु भएको छ । मदनचोकदेखि तीव्र गतिमा आइरहेको भे१ख २१२९ नम्बरको माइक्रो बसले भे१ह १६५३नम्बरको अटो रिक्सालाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरको गेट नजिकै ठक्कर दिँदा दुर्घटना भएको थियो । अटो रिक्सामा सवार घाइते बैजनाथ गाउँपालिका–३ सुतैयाका ३० वर्षीय जितबहादुर कामीको गएराती १२ बजे मृत्यु भएको कोहलपुर प्रहरीले जनाएको छ । यस्तै नेपाल आर्मीमा कार्यरत मदन शाहीलाई थप उपचारको लागि काठमाण्डौ पठाइएको छ । अटो चालक बैजनाथ गाउँपालिका–२ मकैबारीका जयबहादुर रोकाको बिहीबार नै मृत्यु भएको थियो । अन्य एक जना बैजनाथ–१ चिसापानीका सुजन शाहीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ फागुन ३० गते शुक्रबार