अपांगता आफैमा शारीरिक दुर्वलता हो । जसलाई आमभाषामा अपांगता भनिन्छ । बोलीचालीको भाषामा हामी अपांग भन्ने गर्छौ । जुन आफैमा अनादर भल्किने शब्द हो । यस्तै हामी हरेक दिन ती व्यक्तिलाई जानी नजानी अपमान गरिरहेका छौ । मानवीयताका नाताले पनि अपांगता भएका व्यक्तिलाई आदर सम्मान र प्रोत्साहन गर्नु हाम्रो कर्तव्य हो । अपांगतालाई पूर्वजुनीको पापको रुपमा समेत हेर्ने गरिन्छ ।
यो विभिन्न कारणले मानिसको जीवनमा हुन गएको दुर्घटना हो । हाम्रो जस्तो विकासशिल देशमा अपांगता भएका व्यक्तिहरुका लागि नीति नियम,कानुन त बनेका छन् । तर अझै सम्म पनि कार्यान्वयन हुन सकेका छैनन् । फलस्वरुप अहिले पनि अपांगता भएका व्यक्ति हेपिनु परेको छ । समाजले उनीहरु प्रति हेर्ने दृष्टिकोणमा परिवर्तन हुन सकेको छैन । यदि मात्रै होइन उनीहरु घर परिवारबाटै तिरस्कृत छन् । अझै पनि अपांगता भएका व्यक्तिलाई कोठामा थुन्ने गरेको, साङ्लोमा बाध्ने गरेको, दुःख दिने, हौसला नदिने गरेको देख्छौ । स्वयम जन्म दिने अभिावकहरुको लागि समेत तिरस्कारको पात्र भएका उदाहरण कति छन् कति ।
एकातिर घर परिवार र समाजले अहिले पनि अपांगता भएका व्यक्तिलाई हेर्ने नजर राम्रो छैन । त्यसै गरी राज्य समेत अपांगता मैत्री बन्न सकेको छ । देश विकास र हरेक परिवर्तनका क्षेत्रमा अपांगता भएका व्यक्तिहरुको समेत योगदान रहेको छ । उनीहरुले समेत देशविकासको लागि शासन र सत्ता परिवर्तनको आन्दोलनमा सकी नसकी योगदान पु¥याएका छन् । अफसोच राज्य अहिले पनि उनीहरुको पक्षमा छैन । सिमित कानुन र व्यवस्थाले उनीहरुलाई छोएको छै । सरकारले १० प्रकारका अपांगताको प्रकार भएको छुट्याएको छ । सरकारले दिने अपांगत परिचय पत्र र केही रकमले झन अपांगता भएका व्यक्तिको झल्को दिइरहन्छ । समाजमा रहेका अपांगता भएका व्यक्तिहरुको अवस्था निकै दयानीय अवस्थामा छ ।
शासन,सत्ता र व्यवस्था फेरिएपनि उनीहरुको अवस्था भने फेरिएको छैन ।उनीहरुलाई अहिले पनि आफू समाजको एक नागरिक भएको अनुभूति घर,परिवार र राज्यबाट गर्न पाएका छैनन् । यस्तै समस्या र कठिनाइ छ,सेवामुलक सरकारी तथा गैरसरकारी र वित्तीय सस्था र संरचनाहरुमा । कुनै पनि स्थानीय सरकार र सेवा प्रदायक कार्यालयमा अपांगता मैत्री भौतिक संरचना छैनन् । जसका कारण उनीहरुलाई निकै समस्या परिरहेको छ । त्यसैले अपांगता भएका व्यक्ति पनि हामी जस्तै नागरिक हुन, उनीहरुको पनि संविधानत स्वतन्त्र पूर्वक बाँच्न पाउने अधिकार छ । हामी त मानव पौ हौ । त्यसैले कसैले कसैलाई हेयको दृष्टिले नहेरौ । उनीहरुलाई सधै सम्मान गरांै ।









प्रतिक्रिया दिनुहोस्