क्याम्पसहरुमा विधि परिवर्तन गरी स्ववियू निर्वाचन गराउनुपर्दछ : अनेरास्ववियूपूर्व अध्यक्ष न्यौपाने



कोहलपुर ।

बाँके लगायत देशभरी रहेका क्याम्पसहरुमा स्ववियू निर्वाचन नहुँदा समस्या बिद्यार्थीको हक हितलाई कुठित गरिएको छ ।

बाँकेका विद्यार्थीका नेता तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका पूर्वकेन्द्रिय अध्यक्ष नरेन्द्र न्यौपनेले क्याम्पस क्याम्पसहरुमा स्ववियू निर्वाचनको विधी परिवर्तण गरी स्ववियू निर्वाचन हुनुपर्ने जोड दिएका छन् ।

२०२२ जेष्ठ १ गते स्थापना भएको हो उनले भने यसले विद्यार्थीको पाउनुपर्ने गुणस्तरीय शिक्षा पाउनुपर्ने भन्दै विभिन्न कार्यक्रम समेत गर्दै आएको छ । यसले विश्व प्रतिष्पर्धी नागरिकको लागि शैक्षिक क्षेत्रमा वकालत गर्दै आएको उनको भनाई थियो ।

उनका अनुसार त्रिभुवन बिश्वविद्यालयद्वारा पुर्व घोषित स्ववियु निर्वाचनको मिति अनिश्चित कालीन रूपमा स्थगित गर्नु दुःखद् विषय बनेको छ । अब स्ववियु निर्वाचन गर्ने बिधि लाई नै परिवर्तन गरि सम्बन्धि क्याम्पसमा रहेका विद्यार्थीहरुको स्ववियू निर्वाचन गराउनु पर्ने उनले भने ।  यस्तै बाँगेश्वरी बहुमुखी क्याम्पसका अनेरास्वीयूका अध्यक्ष हेमन्त भट्राईले त्रिभुवन विश्वविद्यालयले स्ववियू निर्वाचनलाई अनिश्चित रुपमा स्थगित भएकोले तुरुन्त निर्वाचन गराउनु पर्नेमा जोड दिएका थिए ।

यदि यसो नभएको खण्डमा विद्यार्थी संगठनहरुले निरन्तर रुपमा आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने बाध्य हुनेछौं उनले भने । क्याम्पसहरुमा स्ववियू निर्वाचन नहुँदा विद्यार्थीहरुले निकै समस्या पाउने गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ फागुन ७ गते बुधबार