चर्चामै सिमित चौकुने सिमेन्ट उद्योग, १३ वर्षसम्म पनी उद्योग सञ्चालनमा आएन



चेत नारायण पाण्डे । सुर्खेत ।

सुर्खेतमा रहेको चौकुने सिमेन्ट उद्योग सञ्चालन गर्ने चर्चा चलेको झण्डै चार दशक बढी भयो । तर उद्योग अझै सञ्चालनमा आउने न आउने अनिश्चित बनेको छ । सिमेन्ट उद्योग सञ्चालनका लागि चौकुनेको गुटु मै मुक्तिश्री प्रा.ली.ले ‘सुर्खेत सिमेन्ट उद्योग’ नामको साइनबोर्ड टाँसेपनि कुनै काम नहुँदा चौकुनेको सिमेन्ट नारामा मात्रै सिमित हुन पुगेको छ ।

लाइसेन्स लिएको दश वर्षपछि फेरी चौकुनेको चर्चा बढेपनि काम नहुदाँ कर्णाली सरकारको ठूलो लगानी भित्¥याउने लक्ष्य माथि धक्का पुग्ने देखिएको छ । ठेकेदार कम्पनी मुक्ति श्री गुरुप प्रा.ली.का अध्यक्ष अजय सुमार्गी बारम्बार सुर्खेत आउने क्रमसँगै चौकुनेको चर्चा भइरहेको छ । वि.सं २०३५ मा खानी तथा भू–गर्भ विभागले सुर्खेतको चौकुने सिमेन्ट खानी सम्भाव्यता अध्ययन गरेको थियो । चुनढुङ्गा र माटोको प्रारम्भिक परिक्षण गर्दा चौकुने क्षेत्रमा सिमेन्ट उद्योगका लागि उपयुक्त भएको निष्कर्ष आयो ।

सोही निष्कर्ष अनुसार विभागले पुनः वि.सं २०३६ देखि २०३९ सम्म विस्तृत अध्ययन गरी करिब ३ सय मिटर गहिराइसम्म डिर्लिङ गरी ढुङ्गा परिक्षण गर्दा लगभग ३ सय वर्ष पुग्ने चुनढुङ्गा रहेको निष्कर्ष निकालेको थियो । सोही बेला माटो परिक्षणका लागि चार वटा सुरुङ समेत निर्माण गरी सिमेन्ट उद्योगको सम्भाव्यता अध्ययन मै सिमित छ । अध्ययनपछि तत्काल सिमेन्ट उद्योग सञ्चालनमा आउने र गाँउ मै रोजगारी पाइने आशा चौकुने बासीले गरेका थिए ।

तर देशको बदलिदो राजनीतिक परिस्थिति र पूर्वाधारको अभाव देखाउँदै सम्भाव्यता अध्ययन भएको ४ दशक सम्म उद्योग सञ्चालमा आउन सकेको छैन । माओवादी सशस्त्र युद्ध सुरुवातसँगै उद्योग सञ्चालनको विषय पनि सेलाएको चौकुने सिमेन्टको चियोचर्चो माओबादी आन्दोलन शान्तिप्रक्रया सँगै सुरु भयो । नभन्दै आर्थिक वर्ष ०६२÷०६३ मा मुक्ती श्री प्रा.ली.ले सिमेन्ट उद्योग सञ्चालनको अनुमति पायो । तर दुर्भाग्य अनुमति पाएको करीब १३ बर्ष सम्म पनि चर्चा मै सिमित हुने पुग्यो । चौकुनेलाई मुक्तीश्रीले पनि उन्मुक्ति दिलाउ सकेन । मक्ति श्री सिमेन्ट उद्योगका सञ्चालक अजय सुमार्गीले आगमी बर्ष भित्र सिमेन्ट उद्योग सञ्चालन गर्ने दाबी गरेका छन् । सुमार्गीले चौकुनेमा यसै आर्थिक बर्षमा बिद्युत नपुगेमा जेनेरेटरबाट काम सुरु गर्ने र सिमेन्ट दिल्ली र लखनउमा बिक्री गर्ने योजना भएको बताए ।

‘अर्को भदौ देखि उद्योगको काम सुरु हुन्छ’सुमार्गीले भने, ‘०७७ भदौं १ गते नै सिमेन्ट कारखानाको उद्घाटन गर्ने तयारीमा छ ।’उनका अनुसार चौकुनेको सिमेन्ट उद्योग आसपासका जग्गा धनी र मजदुरलाई मालिक बनाउने गरी ५० हजार बराबरको शेयर दिने योजना कम्पनी बनाएर लागेको बताए । जनता र उद्योगीलाई जोड्ने गरी दुई अर्बको लगानी उद्योगमा गर्न थालेको सुमार्गीले बताए । तर चौकुने खानी क्षेत्र सरोकार समितिका संयोजक रामलाल बयकले भने सुमार्गीको आगमन लाइसेन्स नविकरणको खेलमा मात्रै लागेको प्रतिक्रिया दिएका छन् । उद्योग सञ्चालनका लागि आवश्यक सडक, बत्ती र सुरक्षाको व्यवस्था नभएसम्म ठेकेदारले जनतामा भ्रम सृजना गर्ने उनको बुझाई छ ।

जग्गाधनीलाई उचित मुआब्जा, प्रभावित परिवारको व्यवस्थापन र कारखाना सञ्चालनका लागि पूर्वाधार तयारी बिना उद्योग सञ्चालन आउन नसक्ने स्थानीयहरुले बताएका छन् । उता प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले भने आगामी आर्थिक बर्षभित्र उद्योग सञ्चालनको प्रर्तिबद्धता जनाएको भन्दै यदि त्यसो हुन नसके प्रदेश सरकारले आफ्नै लगानीमा उद्योग सञ्चालनका लागि सोच्ने बताएको छ ।

कर्णाली सरकारका उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिह बुढाले आगामी बर्षमा उद्योग सञ्चालनमा ल्याउने गरी आफुहरुले पहल गरिरहेको जानकारी दिए ।उनले कर्णालीमा जुनसुकै उद्योग सञ्चालन गर्न लागेपनि प्रदेश सरकारले १० बर्ष सम्मको कर छुट दिने निर्णाय गरी सकेको भन्दै ढुक्क भएर लागानी गर्न आग्रह गरे ।

  • No tags available
प्रकाशित मिति : २०७६ माघ १४ गते मंगलबार