योग दिवसको अवसरमा कोहलपुरमा प्रभातफेरी



कोहलपुर/  राष्ट्रिय योग दिवस बुधबार बाँकेमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा कोहलपुरमा पनि प्रभातफेरी गरिएको छ । पतञ्जली योग समिति कोहलपुर नगर कमिटिको आयोजनामा कोहलपुर चौराहबाट शुरु भएको प्रभातफेरी बजारका विभिन्न ठाउँको परिक्रमा गरी पुनः चौराहमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै पतञ्जली योग समिति बाँकेका उपाध्यक्ष नम प्रसाद शर्माले योग मानव शरीर, व्यवहार, मन र भावनालाई नियन्त्रित गर्ने एक जीवनशैली भएको बताए । यसले मानव जीवनमा आउने तनाव, कष्ठ र नैराष्यता जस्ता पक्षलाई हटाएर जीवनशैली सरल र सहज तुल्याउने उनले बताए । मानव मन, वचनलाई स्वस्थ राख्न योगले विशेष महत्व पु¥याउन भएकाले सरकारले पनि यसलाई विशेष रुपमा लिनुपर्ने उनको धारणा थियो ।

कोहलपुर वडा नं ११ का अध्यक्ष कर्ण बहादुर थापाले निरन्तर विधिपूर्वक रुपमा योग गर्न सके स्वास्थ्यलाई निकै फाइदाजनक हुने बताए । यस्तै कोहलपुर नगरकार्यपालिका सदस्य नारायणी वलीले योगले जीवनयापनमा सहजता ल्याउने भन्दै दैनिक जीवनमा यसको अत्ति नै महत्व रहेको बताईन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ माघ २ गते बिहीबार