बर्दिया ।
जिल्ला प्रहरी कार्यालय बर्दियाले ठूलो मात्रामा अवैध काठ बरामद सहित एक जनालाई नियन्त्रणमा लिएको छ । गुलरिया नगरपालीका वडा नम्बर ९ मथुराहरबाट घरमा लुकाइ छिपाइ राखेको अवस्थामा प्रहरीले अवैध काठसहित एक जनालाई पक्राउ गरेको हो ।
अवैध काठसहित पक्राउ पर्नेमा सोही ठाउँका ४० बर्षिय देशराज कुर्मी रहेको बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताए । उनका अनुसार उनको घरबाट अवैध सागुन, साल र सिसम जातको काठ बरामद गरिएको थियो । सिसम जातको काठ गोलिया ३ थान, सागुन जातको काठ ९ थान बरामद गरिएको हो ।
अवैध काठ र मानिसलाई आवश्यक कार्वाहीको लागि डिभिजन वन कार्यालय गुलरिया बर्दियामा पठाईएको बर्दिया प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७६ माघ २ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्